नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले पनामा पेपर्सको विषयमा थप अध्ययन र अनुसन्धान गर्नपर्ने बताएका छन् । सम्पति शुद्धिकरण विभागमा बुधबार बसेको बैंकठमा बोल्दै शिवाकोटीले यसको अध्ययन अनुसन्धानका लागि बैंक मात्र नभएर अन्य जानकार निकायले पनि चासो दिनुपर्नेमा जोड दिए । विभिन्न निकायका उच्च पदाधिकारीहरुसँग बसेको बैठकमा शिवाकोटीले नेपाली बैंकिङ प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि बैंकमात्र नभएर अन्य निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनुपर्ने बताए । अख्तियार, प्रहरी निकाय, अर्थमन्त्रालय लगायतका निकायले आफ्नो मर्यादाक्रमलाई ख्याल गर्दै काम गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।