एनआईसी एशिया बैंकलेआफ्नो सेवाको २० औं वर्ष प्रवेश गर्न लागेको अवसरमाचलचित्र क्षेत्रमालामो समय देखि समर्पित रही राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलचित्र क्षेत्रमा आफ्नो उत्कृष्ट छवि कायम गर्न सफल प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बेसडरमो आगामीदुई वर्षको लागि अनुबन्धन गरेको छ । उक्त सम्बन्धमा बैंक तथा कोईरालाबीच बुधबार सम्झौता सम्पन्न भएको छ ।
नेपालका दुर्गम तथा ग्रामिण क्षेत्रहरुमा समेत अफ्नो सशक्त्त पहुँचलाई थप मजबुत पार्दै आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुमा सर्वोत्कृष्ट सेवा तथा प्रतिफल प्रदान गरी बैंकिङ्ग क्षेत्रको इतिहासमा पृथक पहिचान स्थापित गर्न सफल यस एनआई सी एशिया बैंक र करिब तीन दशकसम्मको लामो कलाकारिताको यात्राका साथ नेपाली तथा भारतीय चलचित्रहरुमा आफ्नो उत्कृट अभिनय गरेकी कोइरालालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको बैंकले जनाएको छ ।