Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दाश प्रथाबाट गाँजीएको त्यो अमेरीका, यसरी भयो कायापलट

admin २०७४ असार २८ गते
सेयर:

आरपी पौडेल, बैंकिङ खबर / प्रायः सबैले आजकाल अमेरिकालाई विकासको नमुनाका रुपमा हेर्न गर्दछन् । सबै विकासोन्मुख राष्ट्रहरु अमेरिकाको सिको गरेर अगाडि बढ्ने उद्देश्य राख्छन् । कुनै समय बेलायती उपनिवेशबाट नराम्ररी गाँजिएको मुलुक अमेरिका आज विश्वकै समृद्धशाली राष्ट्रका रुपमा परिचित छ । विश्वको कुल जनसंख्याको ४ प्रतिशत जनसंख्याको वसोवास रहेको अमेरिकामा विश्वको ७० प्रतिशत सम्पत्ति रहेको छ । बाँकी ९६ प्रतिशतसँग जम्मा ३० प्रतिशत सम्पत्ति छ । 

अमेरिकाका इतिहास ज्यादै लामो छैन । बेलायत आफू आविष्कारको क्षेत्रमा निकै अघि बढिसक्दा बेलायती नागरिक क्रिष्टोफर कोलम्बसले १४९२ मा अमेरिका पत्ता लगाएका थिए । त्यहाँ रहेको विभिन्न खनिज सम्पदाको अनुसन्धान गरिसकेपछि त्यहीँका जनतालाई श्रमिक बनाएर खनिज उत्खनन गरि बेलायत धनी बन्दै गयो । त्यहाँका आदिवासी जनतालाई कामदार बनाएर बेलायतीहरुले शासन गर्दै गए । त्यसबेला देखि बेलायतले नै शासन गर्दै आएको अमेरिका १७७६ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । नयाँ विश्वको रुपमा अमेरिका पत्ता लागेपछि सबै बेलायतीहरु अमेरिकालाई आफ्नो बनाउनतिर नै केन्द्रित भए । त्यहाँका जनतामाथि आफ्नो उपनिवेश जमाउन थाले । सम्पत्तिको खोजीमा बेलायतका थुप्रै धनाढ्य वर्गहरु अमेरिका पुगे । 

बेलायती उपनिवेशबाट मुक्ति
प्राचीन कालमा अमेरिकामा दासप्रथाले ठूलो स्थान जमाएको थियो । आफ्नो शासन जमाउन बेलायतले आफ्ना दासहरुको प्रयोग गर्यो । दासप्रथाकै कारण अमेरिकामा क्रान्ति आएको विश्वास गरिन्छ । अमेरिकाको आर्थिक क्रान्तिको अर्को कारकका रुपमा सूर्ती कृषकहरुलाई मानिन्छ । सूर्ती खेती अमेरिकाको आम्दानीको प्रमुख स्रोत थियो भने सूर्ती खेती गर्नेहरु सबै बेलायतका दासहरु नै थिए । सूर्ती स्वास्थ्यका लागि हानिकारक भएकाले यसमा लाग्ने कर वृद्धि गरिन थालेपछि क्रान्तिले जन्म लियो । युद्धका क्रममा सूर्ती बेचेकै पैसा काम लाग्यो । सो आन्दोलनलाई टोब्याको वार नामले समेत चिनिने गरिन्छ ।

काला र गोराको द्धन्द्ध 
त्यस्तै, अमेरिका पत्ता लागेदेखि नै त्यहाँका आदिवासी र बेलायती गोराहरुका बीच द्धन्द्ध चलि नै रह्यो । उनीहरुबीचको द्धन्द्धले निकै ठूलो रुप लियो । यतिसम्म कि बेलायती शासकहरुले जानीजानी अमेरिकीहरुमा खतरनाक रोग सारिदिने लगायतका घृणात्मक कार्यमार्फत अमेरिकी आदिवासीको इतिहास मेट्टाउने प्रयास समेत गरेको बताइन्छ । १७६० को दशकतिर अमेरिकी आदिवासीको सहनशक्ति गुम्यो । माक्र्सवादले भन्छ, धनी वर्गको थिचोमिचो अति हुँदै गएपछि गरिब वर्ग आँफै जागरुक भई आफ्नो लागि आवाज उठाउन थाल्दछ र अन्ततः क्रान्तिले जन्म लिन्छ । यस्तै, भयो अमेरिकाको हकमा पनि । सोही द्धन्द्धले क्रान्तिको रुप लिँदै अन्ततः अमेरिका बेलायती उपनिवेशबाट मुक्त भई एक स्वतन्त्र राज्यका रुपमा विश्वसामु उभिन सफल भयो । 

स्वतन्त्र विकासले बनायो अमेरीका 
अमेरिकी क्रान्ति दासप्रथा र सम्पत्ति संरक्षणको पक्षमा थियो । एकतिहाई बेलायती उपनिवेशकहरु समेत यस क्रान्तिको पक्षमा थिए । आफ्नो जीवनशैलीको सुरक्षाका खातिर सो आन्दोलन गरिएको थियो । आफ्नो मुलुकको सम्पत्तिमा वाह्य मुलुकका जनताले जमाएको हकको विरोधमा थियो सो आन्दोलन । वास्तवमा अमेरिकीहरुले बेलायती उपनिवेशबाट मुक्ति चाहेका थिए, स्वतन्त्रता चाहेका थिए । कोह ीभने धनीहरुले गरिबमाथि गरेको अत्याचारको विरोधमा आन्दोलनमा उत्रेका थिए । अन्ततः अमेरिकी जनताले आफूले चाहेको अधिकार प्राप्त गरेरै छाडे । अमेरिका स्वतन्त्र भएपछि अमेरिकी जनताको मिहिनेत, असल शासन लगायतका कारण छिटै नै विकसित बन्न पुग्यो । सुरुमै बेलायतीहरुको लगानीमा थुप्रै विकासका कामहरु भइसकेको अमेरिकाले स्वतन्त्र रुपले आफ्नो विकास लाई अघिबढाउँदै गयो । फलस्वरुप आज अमेरिकै विश्वकै सबैभन्दा समृद्धशाली राष्ट्र बन्यो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।