विश्व खाद्य कार्यक्रमद्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तीन दिने नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स. मा गत असार २० गतेदेखि २२ गतेसम्म उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा सात ३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरिको बैंकले जनाएको छ ।