गत चैत्र २६ गतेदेखि अमेरिकाको भ्रमणमा रहेका नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपाल मंगलबार स्वदेश फर्किएका छन् ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैँकको संयुक्त आयोजना रहेको २०१६ स्प्रिङ मिटिङमा सहभागी हुन अमेरिका पुगेका नेपाल साँझ ५ बजे स्वेदश फर्किएका हुन् ।
अमेरिकामा रहेर डा. नेपालले नेपालको वित्तिय अवस्थाबारे अन्तर्राष्ट्रिय बैँकरहरुसँग छलफल गरे । गभर्नर डा. नेपालले बसाई अवधिभर त्यहाँका विभिन्न बैँकरहरुसँग भेटवार्ता समेत गरे । साथै, त्यहाँ रहेर उनले अमेरिका लगायत विभिन्न समृद्ध मुलुकको बैँकिङ प्रणालीको बारेमा राम्ररी अध्ययन तथा अनुसन्धान गरी नेपालको बैँक तथा वित्तिय क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न पहल समेत गरे ।
सम्मेलन अप्रिल १२ देखि १७ अर्थात् चैत्र ३० देखि वैशाख ५ गतेसम्म अमेरिकाको राजधानी वासिङटन डिसीमा सम्पन्न भएको थियो । सम्मेलनमा हजारौँ सरकारी अधिकारीहरु, पत्रकार, नागरिक समाज संगठनहरु र विभिन्न नीजिस्तरका अधिकारीहरुको सहभागिता रहेको थियो । सम्मेलन विश्व अर्थतन्त्र, अन्तर्रा्ष्ट्रिय विकास र विश्व वित्तिय बजारको विषयमा केन्द्रित थियो ।