Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

जग्गा प्लटिङ गर्न पल्कीएका बैंकहरु : मौद्रिक नीतिदेखि तर्सिए

२०७४ असार २५ गते

समाचार विश्लेषण / नेपाल राष्ट्र बैंकले कृषिमा १० प्रतिशत लगानी गर्न बैंकहरुलाई बाध्यकारी नीति लिएपछि बैंकरहरु तर्सिएका छन् । २ बर्ष अघि पुँजीबृद्धिमा यसैगरी तर्सिएका बैंकहरुले यसपाली कृषिमा लगानी गर्नुपर्दा एकाएक मौद्रिक नीतिकै विरुद्धमा उत्रिए । 

कारण नं १ : (आफै व्यापारी आफै बैंकर) बैंकहरु सिधा ब्यापारी भएका छन् । उनीहरुले लगानी अरुमाथि होइन आफैमाथि गर्न चाहान्छन् । घुमाउरो तरीकाले कागजपत्र मिलाएर घर, जग्गा र ठाडो व्यापारमा बैंंकरहरु अत्याधिक लगानी गर्न चाहान्छन् । जस कारण यसरी लगानी गर्दा प्रत्यक्ष व्यक्तिगत ढंगमा भएको नाफा र बैंक आफैले गरेको अत्याधिक नाफा कृषिमा लगानी गर्दा कम हुने ठम्याई उनीहरुको छ । कृषिमा लगानी गर्नु राष्ट्रको भलाईको लागि हो । तर कृषकले कमिसन र चर्को व्याज तिर्न सक्ने अबस्था छैन । जस कारण बैंकहरु कृषिमा लगानी गर्न चाहादैनन् । 

कारण नं २  : (स्वार्थको चंगुल यहाँसम्म) गएको भूकम्पमा बढीमा ३ करोडसम्म बैंकहरुले सरकारी ढुकुटीमा जम्मा गरे । त्यो पनि गभर्नर डा. चिरंजीवि नेपालले बलजफ्ती गरेपछि । २ अर्ब कमाउने बैंकले ५० लाख मात्रै भूकम्पका बेला राहात दिएपछि गभर्नर नेपालले बैंकका अध्यक्षहरुलाई बोलाएर सामाजिक क्षेत्रमा खर्च गर्न ठाडै निर्देशन दिएका थिए । तत्पश्चात बैंकहरुले केही रकम बढाएर भुकम्पपीडीतलाई दिए । बैंकहरु अत्याधिक नाफामुखी भएपछि सोसल रेस्पोन्सीवीलीटी अन्तरगत लगानी गर्न निर्देशन नै दिनुपर्ने अबस्था आयो । तर अधिकांस बैंकहरुले शोसल रेस्पोन्सीवीलीटीका नामा सामान्य सरसफाइमा आफ्नै कर्मचारी खटाएर खर्च देखाउने गरेका छन् । कृषिमा लगानी गर्नु, उद्योगमा लगानी गर्नु, तथा विपन्न बर्गमा लगानी गर्नु जस्ता राष्ट्रिय विषयलाई केही बैंकरहरुले मजाक ठानीरहेका छन् ।  उनीहरुकै विरोधका कारण विपन्न बर्गमा २ प्रतिशत लगानी गर्नुपर्ने बाध्यकारी नीतिबाट राष्ट्र बैंक पछि हट्नु पर्ने भयो । 

कारण नं. ३ (घरजग्गाको ठेक्कापट्टा) : जग्गा प्लटिङ गरेर ससानो बाटो बनाएर घडेरी विक्र गर्ने अधिकाँस कार्यमा बैंकको लगानी छ । तर त्यसरी लगानी गर्दा बैंकहरुले खुल्ला ठाउँको अबधारणा, ठुलो बाटोको अबधारणा कहिलै माग गरेनन् । गरु यसरी जमीन टुक्रा पार्ने व्यापारीसँगै मिलेर बैंकहरुले बिना अध्ययन नाफाका लागि जहाँ पनि लगानी गरे । यसकै कारण आज शहर कुरुप जस्तै भएको छ । यति मात्रै होइन अर्थतन्त्रको नियमको सिमा नाघेर घर जग्गाको भाउ एकैबर्षमा दोव्वर हुने अबस्था आएको छ । जो सर्बसाधारण नागरिकका लागि अति कष्टकर बन्न पुगेको छ । त्यसमाथि कागजपत्र पुराएर पेश गरिएका धेरै ठाउँमा त खोलाको छेउँका जमिन पनि बैंकमा राखेर पैसा बँडीएको छ । यही काण्डमा तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली जेल चलान भएका थिए । 

कारण नं ४ (राष्ट्रियताले छोएन) :  बैंकहरुले नयाँ क्षेत्रमा लगानीको अपरचुनीटि किन खोज्दैनन् ? जसका कारण औषधि उद्योग, जडीबुटी उद्योग, चिया कफी लगायत धेरै पकेट क्षेत्रहरु लगानीको पर्खाइमा छन् । जसको फाइदा विदेशी कम्पनीले लिएका छन् । विदेशी औषधि, भारतको पतंजली, डावर नेपाल जस्ता ब्राण्डहरु यसकै कारण नेपाली बजार ओगट्न सफल भएका छन् । नेपालमा जे सम्भावना छ त्यसलाई रोक्ने काम बैंकहरुले गरेका छन् । गाडिको व्यापार र घरको व्यापार गर्न बैंकहरु पल्कीएका कारण अबस्था यतातिर भयाभह देखिएको हो । नेपालभित्रको सम्भावनालाई बास्तविकतामा बदल्नतिर बैकहरु लागेनन् । र त कृषिमा १० प्रतिशत मात्रै लगानी गर्ने नीतिको पनि बैकहरुले विरोध गरेका छन् । उनीहरुको कार्यशैलीले विकसीत मुलुक निर्माण कार्यलाई चुनौती दिएको छ । छिमेकी देश भारतमा करीब ५० प्रतिशत उतपादन क्षेत्रमा लगानी छ । इजरायल जस्ता मुलुकमा बैंकहरुले कृषिमै लगानी गरेर देशको समृद्धि हासिल गरेका छन् । तर नेपालका धेरै सम्भावनालाई कुल्चेर विदेशी गाडि खरीद विक्रि गर्ने र शहरमा घर घडेरी विक्रि गर्ने काममा मात्रै किन हौसिन्छन् नेपालका बैंकहरु ?