आर्थिक वर्ष २०७४।७५ को मौद्रिक नीतिको सार्वजनिक भएको छ । आइतबार (असार २५ गते) दिउँसो १ बजेदेखि होटल र्याडिसनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालद्धारा सार्वजनिक यो नेपालको १६औँ मौद्रिक नीति हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि नेपालमा मौद्रिक नीति हरेक वर्ष सार्वजनिक गरिँदै आएको छ ।
विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट, बैंकिङ्ग क्षेत्रमा देखिएको वित्तीय असन्तुलन, नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमा उत्पन्न पछिल्लो स्थिति तथा बढ्दो आयातलाई ध्यानमा राखी आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर डा. नेपालले बताएका छन् ।
कृषि, उर्जा, पर्यटन, साना, मझौला तथा अन्य उत्पादनमूलक उद्योग व्यवसायमा हुनेबैंक कर्जा प्रवाहलाई मौद्रिक नीतिले उच्च प्राथमिकतामा राखेको छ । वित्तीय सेवाको पहुँच विस्तार गर्न संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तहमा बैंक शाखा विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । आन्तरिक तथा वाह्य आर्थिक परिदृश्य, चौधांै योजना, नेपाल राष्ट्र बैंकको रणनीतिक योजना, वित्तीय क्षेत्र विकास रणनीति तथा नेपाल सरकारको बजेटमा उल्लिखित नीति, कार्यक्रम तथा प्राथमिकतासँग तादात्म्य कायम गर्दै आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । त्यस्तै, लक्षित ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । साथै, मुद्रास्फीतिमा पर्नसक्ने दवावलाई नियन्त्रण गर्न मौद्रिक योगाङ्कहरुलाई वाञ्छित सीमाभित्र राख्नेतर्पm मौद्रिक नीति सजग रहेको छ । वाह्य क्षेत्र स्थायित्वलाई समेत ध्यानमा राखी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ । ब्याजदरलाई उपयुक्त स्तरमा कायम राख्न र ब्याजदरमा आउने उतार–चढाव न्यूनीकरण गर्नेतर्पm मौद्रिक नीति केन्द्रित रहेको छ ।
