Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मजवुत बन्दै ‘गरिमा विकास बैंक’ काठमाडौँमा सर्यो हेड अफिस

admin २०७४ असार २४ गते
सेयर:

पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको प्रधान कार्यालय काठमाडौँमा सरेको छ । गरिमा विकास बैंकको प्रधान कार्यालयको शुक्रबार औपचारिक उद्घाटन भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले गरिमा विकास बैंकको प्रधान कार्यालय लाजिम्पाटको समुद्घाटन गरेका हुन् । बि.सं. २०६४ सालमा स्याङ्जाको वालिङबाट बैंकिङ कारोबार शुरु गरेको यस बैंकको तेस्रो साधारणसभाबाट बैंकको प्रधान कार्यालय पोखरा स्थानान्तरण गरिएको थियो । 

चुक्ता पूँजी अढाई अर्ब नजिक
गरिमा विकास बैकलाई चुक्ता पूँजी पुर्याउन कुनै त्यस्तो समस्या नरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । ‘अहिले हामीलाई पूँजीको समस्या छैन, नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकका लागि तोकेको २ अर्ब ५० करोड रुपैयाँ हामी सजिलै पुर्याउछौं ।’ बैंकिङ खबरसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत ढकालले भने ‘अहिले हाम्रो करिब २ अर्ब २० करोड रुपैयाँ चुक्ताँ पूँजी रहेको छ, हामीले चालु आर्थिक बर्ष २०७३/७४ को मूनाफाबाट बोनस शेयर जारी गरी राष्ट्र बैंकले तोकेअनुसारको अढाई अर्ब पूँजी पुर्याउँदैछौं ।’ 

शाखा विस्तालाई तिब्रता
गरिमा विकास बैंकको अहिले देशका विभिन्न ठाउँहरुमा ४८ वटा शाखा कार्यालयहरु छन् । मजवुत विकास बैंकको सूचिमा पर्न सफल गरिमाले शाखा विस्तार योजनालाई बिशेष प्राथमिकता दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए । ‘आगामी आर्थिक बर्ष २०७४/७५ मा शाखा संख्या ४८ बाट बढाएर ७५ पुर्याउने लक्ष्य लिएका छौं ।’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने, ‘शाखा विस्तारका क्रममा प्रदेश नम्बर १, ४, ५ र ६ लगायतका क्षेत्रका विकास बैंक, फाइनान्स कम्पनीहरुसँग सहमति भए मर्जर एक्विजिशन गर्ने सोचमा छौं ।’अन्य विकास बैंक, फाइनान्स कम्पनीहरु मर्जर र एक्विजिशन गर्न नभेटे पनि आगामी आर्थिक बर्षमा शाखा संख्या ७५ पुर्याउने रणनीति बनाएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।   

म्याग्दीको बेनी केन्द्रीय कार्यालय रहेको साविकको निलगिरी विकास बैंक र चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको साविक शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभेर सशक्त बन्दै अगाडि बढिरहेको राष्ट्रिय स्तरको गरिमा विकास बैंकले मुलुकभर ४८ वटा शाखा कार्यालयमार्फत करिब एक लाख २० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको एटिएम संख्या १० रहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।