Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘भविष्यमा वाणिज्य बैँक र लघुवित्त मात्रै बाँकी रहन्छ’ 

admin २०७३ बैशाख ७ गते
सेयर:

dr binod atreyaनेपाल राष्ट बैंकका कार्यकारी निर्देशक डा विनोद आत्रेयले मर्जबाट ख र ग वर्गका वित्तिय संस्थाहरु विलय भई भविष्यमा वाणिज्य बैँक र लघुवित्त संस्थाहरु मात्र बाँकी रहने बताएका छन् । श्रवणकुमार सपोर्टले काठमाण्डौंमा आयोजना गरेको तनाव व्यवस्थापन तालिममा सहभागी बैकरहरुले उठाएको जिज्ञासाको जवाफ दिदै डा. आत्रेयले राष्ट्र बैंकले मर्जलाई प्रोत्साहन गरेर दुई समूह मात्रै बाँकी राख्न चाहेको बताए । उनले बैंक तथा वित्तीय सस्थामा काम गर्नेहरुलाई तनाव कम गर्ने उपाय पनि सिकाएका थिए । 

त्यस्तै, मनोक्रान्तीका डा. योगी विकासानन्दले तनाव कसरी कम गर्ने भनेर भनेर विभिन्न मन्त्र दिदै सामुहिक अभ्यास समेत गराएका थिए । गुरुकुलका कलाकारद्वय अरुणा कार्की र मणी पोखरेल एंव बैंकर प्रकाश पोखरलले तनावपूर्ण र तनानविहिन कार्यालयको बारेमा छोटो नाटक समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक आत्रेयले तालिममा सहभागी मध्ये राम्रो पस्तूती दिने एनएमबी माईक्रोफाईन्नान्स वित्तीय संस्थाका जनशक्ति विभाग प्रमूख डम्वर बहादुर श्रेष्ठलाई पुरस्कृत समेत गरेका थिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।