केहिदिन लगातार ओरालो लागेको शेयर बजार बुधबार भने सामान्य सुधार भएको छ । मंगलबारको तुलनामा बुधबार शेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५ सय ५९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ । कुल १३९ कम्पनीको १५ लाख ७७ हजार ७०७ कित्ता शेयर रु ६७ करोड १८ लाख १९ हजार ८५५ मा कारोबार भएको हो ।
बुधबार शेयर बजारमा बीमा समूहको शेयर मूल्य भने घटेको छ । बीमा बाहेक अन्य सबै समूहका शेयरको मूल्यमा सामान्य सुधार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार बीमा समूहको ३३.७५ बिन्दुले शेयर मूल्य घटेको छ ।


