एनआइशी एशिया बैंकले आना सेवाग्राहीहरुलाई सधै उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्नेे दीर्घकालीन सोच हासिल गर्ने एक कदम स्वरुप बैंकमा रिटेल लोनको लागि आवेदन दिने ग्राहकका लागि कर्जा स्वीकृतका हरेक चरणको Update Status हेर्न मिल्ने “Customer Retail Loan Tracking System (CRLTS)” को शुरुवात गरेको छ ।
CRLTS द्वारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले SMS मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको Status बारे जानकारी दिन्छ । जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्दछन् । ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।