२०७४ असार ७ गते

असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै रिलायबल माइक्रोफाइनान्सको हकप्रद भर्न पाउने

असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । संस्थाले हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।

रिलायबलले चौथो साधाराणसभाबाट पारित भएबमोजिम ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल रिलायबल माइक्रोफाइनान्सको चुक्तापुँजी पाँच करोड ६५ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी आठ करोड ४५ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।