Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमईले मनायो स्थापनाको १७औँ वार्षिकोत्सव 

२०७४ जेष्ठ ३० गते

नेपालको नम्बर वान रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको”भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको आईएमईले जनाएको छ ।

वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपा ल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनमा भाग लिन जेनेभा प्रस्थान गरेकाले भिडियोमार्फत पठाएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

३४ जनालाई विजेता घोषणा
वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरूमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्तगर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्कीड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरेका थिए भने आगामी दिनमा आईएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए । 
१७औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । साथमा कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Ad