मुक्तिनाथ बिकास बैंक लिमिटेडले दुई वटा शाखा विस्तार गरेको छ । बैंकले शनिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा र आइतबार नवलपरासीको देवचुली नगरपालीका १३, दलदलेमा शाखा विस्तार गरेको हो ।
मनहरी शाखाको उद्घाटन मकवानपुर जिल्ला क्षेत्र नं. ४ का सांसद राजाराम स्याङतानले गरे उद्घाटन समारोहमा बोल्दै स्याङतानले आर्थिक समृद्धिको लागि बैंकहरु जनतामाझ पुगेर दिने सेवाले अत्यन्तै महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको समृद्धिको लागि मुक्तिनाथ बिकास बैंकले बिशेष भुमिका निर्वाह गर्नेमा आफु ढुक्क रहेको बताए ।
यसैगरी दलदले शाखाको समुद्घाटन गर्दे देवचुली नगरपालीकाका मेयर पुर्ण कुमार श्रेष्ठले जनताको आयस्तरलाई माथि उकास्न तथा व्यवसायलाई विस्तार गर्नका लागि यस क्षेत्रमा मुक्तिनाथ विकास बैंकको भुमिका महत्वपूर्ण रहने बताए ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले स्थापना कालदेखि जनतामाझ प्रदान गर्दै आएका सेवा सुविधा लगायत विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरे । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकि¨, ग्रामिण बैंकि¨ तथा लघुवित्त बैंकि¨ जस्ता नेपाली समाज सुहाउँदो सेवाहरु प्रदान गरेको बताए ।
बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ६० वटा शाखा कार्यालयहरुबाट एक लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल तीन लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । यस विकास बैँकले हालसम्म कुल रु. १५ अर्ब ३० करोड निक्षेप संकलन गरी रु. १४ अर्ब २६ करोड कर्जा लगानी गर्नुका साथै निशुल्क आस्वा सेवा प्रदान गरेको छ ।