Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

के असल व्यक्ति मन्त्रीमा छानिने समय आएकै हो ? यी हुन् अर्थमन्त्री ज्ञानेन्द्र कार्की

admin २०७४ जेष्ठ २४ गते
सेयर:

ज्ञानेन्द्र कार्की पूर्व जलश्रोत मन्त्री हुन् । जतीबेला उनले राम्रो काम गरेका थिए । यसले के देखाउँछ भने अब राम्रा व्यक्तिले मन्त्री बन्न पाउँछन् । भ्रष्ट र बेतिथि बढेका व्यक्ति किनारा लाग्दैछन् भन्ने प्रमाण उनी एक हुन् । उनी अर्थात कार्की अर्थ मन्त्री बन्न सफल हुनुका पछाडि विश्वास र जलस्रोत मन्त्री हुँदाको सफलता पनि हो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका उनले पार्टीमा लामो समय योगदान गरेका छन् । भोजपुरबाट प्रतिनिधित्व गरेका उनी पार्टी केन्द्रिय सदस्य, सांसद र मन्त्री भइसकेका व्यक्ति हुन् । भोजपुरका कान्छा मुखिया भनेर चिनिने स्वर्गीय कृष्णमोहन कार्कीका छोराका रुपमा रहेकबा कार्कीले स्नातकोत्तर सम्मको अध्यायन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा परिचित कार्की पार्टीमा उत्तिकै योगदान गरेका व्यक्ति पनि हुन् । उनी अर्थमन्त्री हुँदा धेरैले आश्चर्य व्यक्त गरेका छन् । तर यो प्रधानमन्त्री देउवाको एउटा राम्रो कदम हो । काँग्रेसमा धेरै  पटक अर्थमन्त्री भएका अरु नेता थिए । अनुभव पनि बढी अरुमा थियो । तर असफल अनुभवले पार्टीको उचाई घटाएको निश्कर्षका साथ देउवाले कार्कीलाई अर्थमा ल्याएको हुनुपर्छ । विद्यार्थी राजनीतिबाटै अघि सरेका कार्की नेविसंघको अध्यक्ष भएर काम गरेका इमान्दार व्यक्ति हुन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।