Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मजबुत बनेर आउँदैछ ‘लक्ष्मी बैंक’ : आधा दर्जन कम्पनी सञ्चालनको तयारीमा

admin २०७४ जेष्ठ २३ गते
सेयर:

खेतान समूहद्धारा सञ्चालित लक्ष्मी बैंक लिमिटेडले सञ्चालनको १५ वर्ष पुरा गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रीय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको लक्ष्मी बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिंगलगायत आधुनिक प्रविधिको माध्यमबाट ठूला पूर्वाधार आयोजना तथा संस्थाहरुदेखि साना तथा मझौला व्यापार तथा व्यक्तिगत ग्राहकहरु समेटेर अर्थतन्त्रको सम्पूर्ण आयामहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।

चुक्तापुँजीमा पनि सबल बन्दै
चुक्तापुँजी वृद्धिको विषयमा लक्ष्मीको चर्चा खासै भएन । कतिपय वाणिज्य स्तरका बैंकहरुले राष्ट्र बैंकको निर्देशनबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याइसक्दा पनि लक्ष्मी बैंकले पुँजी बढाउन नसक्दा अब यो बैंक विलय हुन्छ भन्ने आशंका गर्न थालिएको थियो । केही समयअघि र लक्ष्मी बैंक एभरेष्ट बैंकसँग मर्जरमा जान लागेको हल्ला पनि चल्यो । तर, सो हल्ला त्यतिकै सेलायो । 

तेस्रो त्रैमासको विवरण अनुसार, लक्ष्मी बैंकको चुक्तापुँजी तीन अर्ब १५ करोड ९० लाख रुपैयाँ मात्रै छ । पुँजीवृद्धिका लागि राष्ट्र बैंकले दिएको समयावधि सकिनै लाग्दासम्म पनि पुँजी वृद्धि गर्न नसकेको भन्दै यो बैंकलाई कमजोर बैंकको संज्ञा दिइएको छ । तर, लक्ष्मीले निर्धारित समयभित्रै आठ अबै चुक्तापुँजी पुर्याउने लक्ष्य लिएर अघि बढिरहेको छ । 

असार १३ गते साधारणसभा
लक्ष्मी बैंक लिमिटेडले १६औँ वार्षिक साधारणसभा असार १३ गते गर्दैछ । साधारणसभामा बैंकले ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदै छ । बैंकले ०७३ असार मसान्तमा कायम चुक्तापुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । जुन, प्रोफेसनल दियालोलाई प्राप्ती र शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कायम चुक्तापुँजीको १८.२९ प्रतिशत हुनेछ । हकप्रद निबिकेर लिलामीमा बेचिएको सेयर खरिद गरेका सेयरधनीले पनि उक्त बोनस सेयर पाउने लक्ष्मी बैंकले जनाएको छ । 

यसबाहेक, बैंकले आफैँ वा कुनै स्वदेशी तथा विदेशी फर्म, कम्पनी, संघसंस्थासँगको संयुक्त लगानीमा वा सञ्चालनमा रहेका कुनै कम्पनीको पूरै वा आंशिक सेयर खरिद गरी वा सहायक कम्पनी स्थापना गरी जीवन बीमा, निर्जिवन बीमा, पुनर्बिमा, भेन्चर क्यापिटल/प्राइभेट इक्विटी/हेज फण्ड, क्रेडिट रेटिङ, धितोपत्र दलाल, धितोपत्र बजार, फिन्टेक सम्बन्धी सेवा लगायतका कार्यहरु गर्नेसम्बन्धी प्रस्ताव पनि साधारणसभामा लग्दैछ । 

यसरी पुग्दैछ, आठ अर्ब चुक्तापुँजी
एक्विजिसन, हकप्रद सेयर र बोनस सेयरपछि लक्ष्मीको चुक्तापुँजी झन्डै साढे सात अर्ब पुग्नेछ । लक्ष्मी बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस हिसाबले हेर्दा, बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई राम्रो बोनस वितरण गर्न सक्ने देखिन्छ । चालु आर्थिक बर्षको मुनाफाबाट बोनस वितरण गरेर बैंकले निर्धारित चुक्तापुँजी पनि पुर्याउनेछ । पुँजीवृद्धिका लागि मर्जर तथा एक्विजिसनको बिकल्प पनि खुला राखिएको छ । तर, कुन संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने भन्ने सम्बन्धमा भने बैंकले कुनै निर्णय गरिसकेको छैन । 

विभिन्न क्षेत्रमा पहुँच विस्तार
सन् २००४ मा लक्ष्मी बैंकले देशकै पहिलो कर्पोरेट मर्जरका रुपमा हाइसेफ फाइनान्सलाई गाभेको थियो । बैंकले जनवरी २०१७ मा प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेको छ । बैंकको सहायक कम्पनीहरु, लक्ष्मी लघुवित्त वित्तीय संस्था (घ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्था) तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड आफ्नो क्षेत्रमा सबल उपस्थिति जनाउन सफल भएका छन् ।

विगत १५ वर्षमा लक्ष्मी बैंक खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारहरुमा आफ्नो पहुँच स्थापित गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी बैंकले उत्कृष्ट बैंकको रुपमा नेपालको बैकिंग क्षेत्रमा उच्च स्तर कायम गरेको छ ।

वित्तीय परिसूचक नियामक सीमाभित्र
लक्ष्मी बैंकका सबै प्रमुख वित्तीय परिसूचकहरु नियामक सीमा भित्रै रहेका छन् । चैत्र मसान्तसम्मको विवरण हेर्दा बैंकको  बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ०२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ९८ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २० दशमलव ०९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशतले बढेर एक दशमलव ७९ प्रतिशत पुगेको छ भने पुँजीकोष शुन्य दशमलव ६३ प्रतिशतले बढेर ११ दशमलव ०४ प्रतिशत पुगेको छ ।

दिगो बैंकिङ अभ्यासको अबलम्बन
बैंकले दिगो बैंकिङ अभ्यास अबलम्बन गरेको छ । बैंकले अरेन्ज लब्स ग्रीनको अवधारणामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण मैत्री प्रोडक्टहरुको प्रवद्र्धन तथा देशका विभिन्न भागहरुमा वातावरण संरक्षण अभियानहरु सञ्चालन गरेको छ । हालै, विश्व वातावरण दिवसको अवसर पारेर नेपाल आर्मी इन्स्टिच्युसन अफ हेल्थ साइन्स(एनएआईएचएस)सँगको सहकार्यमा मेडिकल कलेज वरिपरि सात सय विरुवा रोपेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।