Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वोमी माइक्रोफाइनान्सले सम्पन्न गर्यो तीन दिने गोष्ठी

२०७४ जेष्ठ २२ गते

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तिन दिने ‘समिक्षा तथा योजना गोष्ठी’ कार्यक्रम सम्पन्न  गरेको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त संस्थाले हेटौंडास्थित नलेज भिलेज नेपालमा सम्पूर्ण शाखा कार्यालयहरुका शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित गोष्ठी सम्पन्न गरेको हो । 

उक्त गोष्ठी कार्यक्रमको विभिन्न समयमा फरक फरक विधाका प्रशिक्षकहरुलाई आमन्त्रण गरी पेशागत थप ज्ञान हासिल गराइएको थियो । गोष्ठीमा मालपोत कार्यालय हेटौंडाका मालपोत अधिकृत कुमार आचार्यले मालपोत कार्यालय अन्तर्गतका विविध कानूनी व्यवस्था तथा प्रक्रियाका वारेमा, नापी अधिकृत मिन प्रसाद चौलागाँइले जग्गा मूल्यांकन सम्बन्धमा, अधिवक्ता मुकुन्द अधिकारीले लघु वित्तीय संस्था अन्तर्गत कानूनी व्यवस्था सम्बन्धमा तथा लघुवित्त बिज्ञ सुदर्शन प्रसाद अधिकारीले लघुवित्त कर्मी कसरी सफल बन्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

समिक्षा तथा योजना गोष्ठी कार्यक्रमको समापनमा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले शाखा स्तरीय प्रस्तुतिकरणमा लिइएका लक्ष्य प्राप्तीका लागि आगामी आर्थिक वर्षमा तय गरिएका नीति तथा कार्यक्रमलाई शाखा कार्यालय अन्तर्गतका प्रत्येक समुदायको घर घरमा वित्तीय पहुँच पुर्याउन शाखागत रुपमा रणनीति बनाउन सुझाव दिए । उक्त गोष्ठी कार्यक्रममा वित्तीय संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण एवं दुर्गम क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने सम्बन्धमा योजना तय गरेको छ ।

Ad