सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अनलाईन आस्वा सेवा सुरु गरेको छ । बैंकले प्रविधिको उच्चतम उपयोग गरि ग्राहकहरुलाई आधुनिक सेवा दिन आस्वा अन्तर्गत अनलाइन सेयर आवेदन दिन सकिने व्यवस्था मिलाएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । अनलाईन आस्वा सेवा मार्पmत सेयर आवेदन दिनका लागि ग्राहकले सांग्रिला डेभलपमेन्ट बैंकको ईन्टरनेट बैंकिङ्ग सेवा लिएको हुनुपर्ने बताइएको छ ।
बैकले यसअघि पनि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई आस्वा प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन गर्दै आइरहेको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । ग्राहकलाई थप सुबिधा दिन यो अनलाईन आस्वा सेवा सुरु गरेको जनाइएको छ ।
वालुवाटार काठमाडौँमा केन्द्रीय कार्यालय रहेको बैकले यही जेठ १९ गते काठमाडौँमा १२औँ साधारणसभा गर्दैछ ।