Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिटको ब्राण्ड एम्बेसडरमा नायिका श्वेता खड्का

२०७४ जेष्ठ १६ गते

बुम रेमिट्यान्स प्रा. लि.ले गणतन्त्र दिवसको अवसर पारेर नायिका श्वेता खड्कालाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । श्वेता खड्काद्धारा आफ्नो स्वर्गवास पति नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्थापना गरिएको श्वेता श्री फाउण्डेसनको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको मॉझी वस्तीमा ५६ वटा घरहरु निर्माण गर्ने सम्बन्धमा शिलन्यास गरिएको कार्यक्रममा श्वेता खड्कालाई बुम रेमिटको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको हो । बुम रेमिट्यान्सका अध्यक्ष श्रीमती सृजना रायमाझी र प्रबन्धक निर्देशक धिरेन्द्र पन्तले संयुक्त रूपमा नायिका खड्कालाई ब्राण्ड एम्बेसडर घोषणा गरेका हुन् ।

सम्झौता अनुसार श्वेता खड्काले दुई वर्षसम्म बुम रेमिटको ब्राण्ड एम्बेसड्र भई बुम रेमिटद्धारा प्रर्वद्घित सम्पुर्ण मिडिया कार्यक्रमहरु, टि. भि विज्ञापन, एफ . एम विज्ञापन, पत्रपत्रिका विज्ञापन, विभिन्न विज्ञापनका सामग्रीहरुमा समेत उपस्थिती जनाउनुका साथै बुम रेमिट्यान्सद्धारा प्रर्वद्घित देश विदेशका कार्यक्रममा समेत उपस्थिती जनाउने छिन् । 

श्वेता खड्कालाई आफ्नो ब्राण्ड एम्बेसड्रको रुपमा पाउनु ठुलो सफलता भएको र यसले बुम रेमिटलाई ठुलो फाइदा पुग्ने प्रवन्ध निर्देशक धिरेन्द्व पन्तले बताए । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो एजेन्ट बनाएको यस बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने तर्क राख्छन् । विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको भनाइ छ । अब श्वेता खड्काले बुम रेमिटको लागी उक्त कार्यमा समेत मद्दत गर्ने छिन् ।

Ad