होटल रयाडिसनका प्रबन्ध निर्देशक बिके श्रेष्ठको निधन भएको छ । पर्यटन क्षेत्रका ’पायोनियर’ श्रेष्ठको निधन भैंसेपाटीस्थित निवासमा मंगलबार विहान ८ बजे भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।
पोखराको ग्राण्ड र चितवन प्याराडाइज होटलसमेत चलाइरहेका श्रेष्ठ होटल एसोसिएसन नेपाल (हान) का समेत पूर्वअध्यक्ष थिए । श्रेष्ठले हिमालयन टुर एण्ड ट्राभल्सका स्थापना गरि उनले पर्यटन क्षेत्रमा हात हालेका थिए । श्रेष्ठ नेपाल जर्मन चेम्बर अफ कमर्सका पूर्व अध्यक्षसमेत थिए ।