Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विद्यालयको भवन निर्माणका लागि नेपाल बैंकद्धारा ५२ लाख सहयोग

२०७४ जेष्ठ १५ गते

नेपाल बैक लिमिटेडले  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ६ वांडेगाउँमा संचालित श्री सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि ५२ लाख रुपैयाँ नगद सहयोग गरेको छ । उक्त राशीको चेक वांडेगाउँमा आयोजित एक विशेष समारोहका बीच नेपाल बैक लिमिटेड संचालक समितिका सदस्यद्वय डा.उमाकान्त सिलवाल र सुरेन्द्र बहादुर सिंहले विद्यालय संयुक्त रुपमा व्यवस्थापन समिति परिवारलाई हस्तान्तर गरे । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा बैकका तर्फबाट संचालक सुरेन्द्र बहादुर सिंहले नेपाल बैंकले इतिहासमा नै पहिलो पटक यति ठुलो रकम विद्यालयलाई सहयोग गरेको बताउँदै प्राप्त रकम सदुपयोग गरी यस विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न विद्यालय व्यवस्थापन समिति र स्थानीय जनतासँग आग्रह गरे । 

सो अवसरमा इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वंशलाल तामाङले नेपालको ऐतिहासिक वित्तीय संस्थाद्वारा वि.सं. १९६० मा स्थापित सिन्धुपाल्चोककै सबैभन्दा पुरानो यस ऐतिहासिक विद्यालयलाई सहयोग हुनु एक सुखद संयोग रहेको बताउँदै सबै नाफामुलक कम्पनीद्वारा यस्तै उदार मनले सहयोग भएमा यसबाट देशको आर्थिक सामाजिक परिवर्तनले गति पाउने विश्वास प्रकट गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम विक्रम थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यवस्थापन समितिका सदस्य अनुप न्यौपाने ,प्रधान अध्यापक पुण्य प्रसाद आचार्य ,पुर्व प्रधान अध्यापक राम प्रसाद न्यौपानेलगायतका वक्ताले सहयोग निम्ति बैकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै प्राप्त रकमको पुर्ण सदुपयोग गरिने प्रतिवद्धता प्रकट गरेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका अभिभावक तथा विद्यार्थीहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी मुख्य प्रवन्धक विश्वराज वराल, प्रेस संयोजक मुकन्द अर्याल, प्रवन्धक वावुराम काफ्ले लगायतको उपस्थिती रहेको थियो । 

यस विद्यालयका सबै भवनहरु ०७२ को महाभुकम्पबाट पुर्णतः क्षतिग्रस्त भएपछि २५० विद्यार्थीहरु अस्थायी टहराहरुमा अध्ययन गर्दै आएका थिए । बैंकको सहयोगबाट यस स्थानमा करिव ३००० वर्ग फिटको २ तले ८ कोठे पक्कि भवन निर्माण गरिने छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा अन्य थुप्रै कार्य गरेको भएतापनि सहयोग राशीको आधारमा यो सबैभन्दा ठुलो रकम हो । 

नेपालकै अगुवा नेपाल बैंकको रुपमा रहेको यस बैकले हाल ८४ अर्ब निक्षेप संकलन गरी ७४ अर्ब कर्जा प्रवाह गरेको छ । देशका ५३ जिल्लामा १३० शाखा कार्यालय ८ एक्सटेन्सन काउन्टरको कार्यसंजाल मार्फत जनतालाई इ– बैकिंग, मोवाईल बैकिंग लगायतका अनलाईन बैंकिग सेवा उपलव्ध गराईरहेको यस बैकका ४७ स्थानमा आफनै एटिएम सेवाविन्दु रहेका छन् । 

Ad