Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

२०७४ जेष्ठ १५ गते

रमजान पर्वको अवसरमा आईएमई लिमिटेडले कतारबाट पैसा पठाउँदा घडी उपहारको व्यवस्था गरेको छ ।  कम्पनीले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहार दिने भएको हो । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नेछन् । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।


 

Ad