सिद्धार्थ बैंकले चितवनको टाँडीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । विहीबार (जेठ ११ गते) एक विशेष समारोहका बीच बैंकका संचालक महेश प्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेको हुन् ।
बैंकले सो शाखा कार्यालयमार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ । बैंकले हाल देशभर संचालनमा रहेका ७० शाखा, दुई एक्सटेन्सन काउन्टर, ८८ एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्दमार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा ७५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।