Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमा लगानीको वातावरण बनाउन आग्रह

admin २०७४ जेष्ठ ११ गते
सेयर:

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार विभिन्न देशका लागि नेपालबाट सिफारिस भएका राजदूतसँगको भेटघाटमा डा श्रेष्ठले नेपाललाई लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

उनले छिमेकी मुलुकले गरिरहेको लोभलाग्दो आर्थिक उन्नतिलाई नेपालमा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्दै छिमेकी मुलुकले गरिरहेको प्रविधि विकासको अनुसरण गरी त्यसैअनुरुप नेपालले पनि अगाडि बढ्नुपर्ने बताए ।

श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, बङ्गलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपालमा लगानीको वातावरण बनाउन आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा पर्यटक भित्र्याउन र यहाँको आर्थिक विकासका लागि आफूहरु कटिबद्ध रहेको धारणा व्यक्त गरे । रासस
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।