Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेको इन्स्योरेन्सको झन्डै ९३ हजार कित्ता हकप्रद लिलामीमा, भोलीसम्म भर्न पाइने

२०७४ जेष्ठ ११ गते

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा निकालेको ९२ हजार आठ सय ९३ दशमलव २३ कित्ता हकप्रद सेयर भोलीसम्म भर्न पाइने भएको छ । यसअघि, विहीबार (आज) सम्म भर्न पाइने भनिएकोमा सार्वजनि विदा परेपछि सेयर भर्ने म्याद एक दिन थप गरिएको हो । कम्पनीले ८६ हजार ७ सय २९ दशमलव ५३ कित्ता साधारणतर्फको र छ हजार एक सय ६३ दशमलव ७९ कित्ता संस्थापकतर्फको हकप्रद सेयरलाई लिलामीमा विक्री गर्न लागेको हो । 

उक्त सेयरमा १०० रुपैयाँभन्दा बढि रुपैयाँमा आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रद सेयरमा न्यूनतम १०० कित्ताका लासिग आवेदन दिन सकिनेछ । उक्त सेयरमा एनएमबि क्यापिटल नक्सालबाट आवेदन दिन सकिन्छ ।