नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई)ले ह्युमन क्यापिटल कन्फेरेन्सको आयोजना गर्ने भएको छ । यही जेठ १६ गते काठमाडौँमा आयोजना गरिने सो कन्फेरेन्स मानव संसाधन व्यवस्थापनसँग सरोकार राख्ने, व्यवस्थापक सुपरिवेक्षक, व्यवसायी र उच्चपदस्थ पदाधिकारीहरुलाई अत्यन्त उपयोगी हुने एनबिआईले बताएको छ ।
जेवियर लेवर रिलेशन ईन्ष्टिच्युटबाट श्रमिक सम्बन्ध र सुविधामा स्वर्ण पदक प्राप्त गरेका एस बैंक इण्डियाको ह्यूमन क्यापिटल म्यानेजमेन्टका ग्रुप प्रेसिडेन्ट दिवदत्त कुराने लगायतेजमेन्ट डेभलपमेन्ट ईन्ष्टिच्युटका अध्यक्ष तथा मानव संस्थानका प्राध्यापक चन्द्र प्र. श्रीमाली र प्रमुख अक्विल वुसराई कन्सल्टीन एवं प्रशिक्षक कोच अक्विल वुसराई वक्ताका रुपमा रहेको कन्फेरेन्सले मानव स्रोतको महत्वका सम्बन्धमा प्रकाश पार्ने दाबी आयोजकको छ ।
यस कन्फेरेन्बाट मानव संसाधन व्यवस्थापनसँग सम्बन्धित चुनौति एवं अवसरहरुका बारेमा प्रशस्त जानकारी पाइनेछ । साथमा इ–लर्निङ, सक्सेसन पाल्नीङ्ग र मानव संसाधन व्यवस्थापनको सफल द्वष्टान्तहरु जान्ने अवसर समेत मिल्ने बताइएको छ ।
यस अवसरले मानवश्रोत व्यवस्थापनमा संलग्न प्रतिभाहरुको सहकार्य र सामुदायिकताको विकासमा सहयोग पुग्ने छ । यसबाट ज्ञान र सीपको आदनप्रदान साथै संस्थाको लक्ष्य र सोको प्रप्तिका लागि मानवश्रोतको सफल परिचालन गर्ने तरिका र सीपमा परिस्कृत गर्न सघाउ पुर्याउने छ ।
सम्मेलनबारे थप जानकारीका लागि ४४३६००१, ४४१५९०३÷९०५मा सम्पर्क गर्न सक्नु हुनेछ www.nbi.com.npमा पनि हेर्न सक्नु हुनेछ ।