सानिमा बैंक लिमिटेडले आस्वा सेवा निःशूल्क दिने भएको छ । आस्वा प्रणाली अन्तर्गत धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सानिमा बैंकले गत माघ १ गतेदेखि यो सेवा प्रदान गर्दै आएको थियो । मंगलबार (जेठ २ गते)देखि भने यो सेवालाई निःशूल्क गरिएको बैंकले जानकारी दिएको छ ।
यो सुविधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले आफ्ना ग्राहकहरुलाई आस्वा अन्तर्गत अनलाईन सेयर आवेदन दिन सकिने सेवा समेत सुरु गरेको बैंकले जनाएको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुले ईन्टरनेट बैंकिङ्गमार्फत उपयोग गर्न सक्नेछन् ।
सानिमा बैंकको मेचीदेखि महाकालीसम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।