जनउत्थान सामुदायिक लघुवित्त विकास बैक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ४१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा जनउत्थानले ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई करोड रुपैयाँ चुक्तापुँजी भएको बैकले जगेडाकोषमा तीन करोड १२ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७६ दशमलव ६८ प्रतिशतले वृद्धि गरी १२ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५१ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५९ दशमलव ०९ प्रतिशतले बढेर तीन करोड ५५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५८ दशमलव ३३ प्रतिशतले बढेर एक करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकले २५ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव ३० प्रतिशत, पुँजीकोषको अनुपात १० दशमलव ८४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ६७ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४० दशमलव ४४ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय २७ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात ११ दशमलव २२ प्रतिशत रहेको छ ।