Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नौ महिनामा मिर्मिरे माइक्रोफाइनान्सको मुनाफा एक करोड २१ लाख पुग्यो

२०७४ बैशाख २६ गते

मिर्मिरे माईक्राफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ५४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मिर्मिरेले ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

तीन करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा तीन करोड आठ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ५७ दशमलव ८१ प्रतिशतले वृद्धि गरी १६ करोड ५९ लाख रुपैयाँ संकलन गरेको माइक्रोफाइनान्सले कर्जामा एक सय २५ दशमलव ५३ प्रतिशत बढाएर ७४ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८४ दशमलव ६१ प्रतिशतले बढेर चार करोड ८३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४५ दशमलव ४५ प्रतिशतले बढेर एक करोड ६६ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा २५ लाख रुपैयाँ खराबकर्जा उठाएको माइक्रोफाइनान्सले प्रोभिजनमा ७८ लाख रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्ममा मिर्मिरे माइक्रोफाइनान्सको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत, पुँजीकोषको अनुपात आठ दशमलव ८१ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ५४ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५० दशमलव ०२ गुणा, तरलता अनुपात १६ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय दुई दशमलव ८१ रुपैयाँ रहेको छ ।

Ad