Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुडविल फाइनान्सले कमायो पाँच करोड ८६ लाख रुपैयाँ खुद मुनाफा

२०७४ बैशाख २६ गते

गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गुडविलले चार करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

४५ करोड रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले निक्षेपमा २९ दशमलव २६ प्रतिशत वृद्धि गरी पाँच अर्ब ३९ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा तीन अर्ब ६७ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी २० दशमलव ४५ प्रतिशतले बढेर १० करोड ६९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० दशमलव १६ प्रतिशतले बढेर छ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

चैत्र मसान्तसम्ममा गुडविल फाइनान्सको निष्कृय कर्जा एक दशमलव ५५ प्रतिशत, पुँजीकोषको अनुपात १३ दशमलव ८४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २६ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३४ दशमलव २६ रुपैयाँ र तरलता अनुपात ४१ दशमलव ५७ प्रतिशत रहेको छ ।

Ad