साना किसान विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ दशमलव २२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा साना किसानले १६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
५० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले एक अर्ब तीन करोड ८७ लाख रुपैयाँ जगेडाकोषमा राखिएको राखेको छ । बैंकको कर्जा लगानी १३ अर्ब ४८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ३७ दशमलव २४ प्रतिशतले बढेर ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४९ दशमलव २२ प्रतिशतले बढेर ३७ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
चैत्र मसान्तसम्ममा साना किसान विकास बैंकको प्रतिसेयर आम्दानी वार्षिक ६३ दशमलव ७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ तीन सय छ दशमलव ४९ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा शून्य दशमलव १३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १० दशमलव २३ प्रतिशत रहेको छ ।