छिमेक लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४४ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव ३६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा छिमेकले ३३ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
८३ करोड ४० लाख रुपैयाँ चुक्तापुँजी भएको लघुवित्तले निक्षेपमा ३३ दशमलव ९६ प्रतिशतले वृद्धि गरी ८ अर्ब १४ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा १२ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी २४ दशमलव २६ प्रतिशतले बढेर ९३ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३४ दशमलव ५४ प्रतिशतले बढेर ६९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा ६० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा तीन करोड २३ लाख रुपैयाँ राखिएको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १३ दशमलव ६० प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ०८ प्रतिशत रहेको छ । त्यस्तै, लघुवित्तको प्रतिसेयर आम्दानी ७० दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ६१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ९८ दशमलव ५५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६१ प्रतिशत रहेको छ ।