सहारा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार सय ९४ दशमलव ०५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सहाराले ४१ लाख ४४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ करोड ७२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा चार करोड ६५ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा एक दशमलव ३४ प्रतिशतले कमी आई ४३ करोड २२ लाख रुपैयाँ संकलन भएको । कर्जातर्फ भने बैंकले ३० दशमलव ६४ प्रतिशत बढाएर ३८ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा सहारा विकास बैंकको खुद व्याज आम्दानी एक सय २६ दशमलव ८९ प्रतिशतले बढेर दुई करोड ६४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा चार सय ९४ दशमलव ०५ प्रतिशतले बढेर दुई करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा एक करोड ५४ लाख रुपैयाँ राखेको छ ।
बैंकको पुँजीकोष चार दशमलव ९६ प्रतिशतले घटेर ४३ दशमलव १८ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ९८ गुणा, प्रतिसेयर नेटवर्थ ६२ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ३३ प्रतिशत रहेको छ ।