Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मनास्लु विकास बैंकले नौ महिनामा कमायो चार करोड ५७ लाख मुनाफा

२०७४ बैशाख २३ गते

मनास्लु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा चार करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३० करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडामा सात करोड ९७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३६ दशमलव १३ प्रतिशतले वृद्धि गरी दुई अर्ब २८ करोड ३४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३२ दशमलव २२ प्रतिशत बढाएर एक अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५७ दशमलव ३५ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ भने संचालक मुनाफा ६९ दशमलव ०४ प्रतिशतले बढेर सात करोड १८ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा ४२ लाख रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्ममा बैंकको पुँजीकोषको अनुपात १८ दशमलव ६७ प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिसेयर आम्दानी १९ दशमलव ७८ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ९८ प्रतिशत रहेको छ ।

Ad