Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओम डेभलपमेन्ट बैंकले कमायो २६ करोड ५७ लाख रुपैयाँ मुनाफा

२०७४ बैशाख २३ गते

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय एक प्रतिशत बढि नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ओमले छ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब ३६ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ५३ करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३० दशमलव ६१ प्रतिशतले वृद्धि गरी १३ अर्ब ६१ करोड ४२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ११ अर्ब ५५ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५८ दशमलव ८० प्रतिशतले बढेर ५३ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८७ प्रतिशतले बढेर ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा छ करोड नौ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा एक दशमलव २८ प्रतिशत, पुँजीकोष १५ दशमलव ४८ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २७ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २४ दशमलव १५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३९ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ३५ प्रतिशत रहेको छ ।
 

Ad