Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकले कमायो एक अर्ब ५७ करोड रुपैयाँ मुनाफा

२०७४ बैशाख २२ गते

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ७६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब २१ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१२ अर्ब ५२ करोड तीन लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकमा साधारण सेयरपुँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । निक्षेपमा सात दशमलव २२ प्रतिशतले वृद्धि गरी ८९ अर्ब ५३ करोड चार लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ दशमलव ९१ प्रतिशत बढाएर ८८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४१ दशमलव ७४ प्रतिशतले बढेर पाँच अर्ब १५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय ६५ प्रतिशतले बढेर एक अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ६५ करोड ४० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ९२ करोड ८९ लाख रुपैयाँ राखेको छ । बैंकको जगेडा कोषमा आठ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको पुँजीकोष चार दशमलव १९ प्रतिशतले बढेर १७ दशमलव ३८ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा एक दशमलव ५९ प्रतिशत रहेको छ । चैत्र मसान्तसम्ममा कृषि विकास बैंकको को प्रतिसेयर आम्दानी २४ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय १८ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६४ प्रतिशत रहेको छ ।

Ad