राप्तीभेरी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवसधको तुलनामा ६५ दशमलव ३२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा राप्तीभेरीले ६५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१४ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा तीन करोड २६ लाख रुपैयाँ छुट्याएको छ । बैंकले एक अर्ब तीन करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद व्याज आम्दानी ६६ दशमलव ६६ प्रतिशतले बढेर तीन करोड सात लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक करोड ५५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ८५ लाख रुपैयाँ राखेको छ ।
बैंकको जोखिमयुक्त सम्पति १८ दशमलव ७० प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव ६० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १० दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३६ दशमलव ४२ गुणा र तरलता अनुपात २१ दशमल ५२ प्रतिशत रहेको छ ।