नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नविलले दुई अर्ब पाँच करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब १८ करोड रुपैयाँ चुक्तापुँजी भएको नबिल बैंकले जगेडाकोषमा आठ अर्ब नौ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले तीन दशमलव ३० प्रतिशतले वृद्धि गरी एक खर्ब १७ अर्ब पाँच करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २८ प्रतिशत बढाएर ९० अर्ब ५५ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३४ दशमलव ४२ प्रतिशतले बढेर चार अर्ब आठ करोड १८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ३५ दशमलव २२ प्रतिशतले बढेर चार अर्ब १० करोड नौ लाख रुपैयाँ रहेको छ । यो अवधिमा पाँच लाख रुपैयाँ खराब खर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड तीन लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २७ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ८७ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय ३१ दशमलव ८६ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्र्जा शुन्य दशमलव ५४ प्रतिशतले घटेर शुन्य ९५ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पतिमा शुन्य दशमलव ०९ प्रतिशतले बढेर १२ दशमलव ८४ प्रतिशत पुगेको छ ।