Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको ‘Siddhartha Uno क्रेडिट कार्ड’ सञ्चालनमा

२०७४ बैशाख १८ गते

सिद्धार्थ बैंकले Siddhartha Uno ventures सँगको सहकार्यमा सिद्धार्थ Uno क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र Uno डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी Uno क्रेडिट कार्ड सञ्चालनमा ल्याइएको हो । 

सिद्धार्थ Uno क्रेडिट कार्डका ग्राहकले यस कार्ड मार्फत् Uno का देशभर रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद/भुक्तानी गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस क्रेडिट कार्डको प्रयोगबाट ग्राहकहरुले वस्तु तथा सेवाको खरिदमा आकर्षक छुटको सुविधा प्राप्त गर्ने हुँदा यसले क्रेडिट कार्डको प्रयोगबाट  भुक्तानी गर्न थप प्रोत्साहित गर्ने छ भन्ने बैंकको विश्वास रहेको छ । 

हाल सिद्धार्थ बैंकले ८५ एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र र २५० भन्दा बढी POS मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।  

Ad