Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

बैंकिङ एक्स्पोको तयारी पुरा, शेयर बजारको पनि आकर्षक सहभागिता रहने

admin २०७४ बैशाख १४ गते
सेयर:

बैंंकिङ एक्स्पोको सबै तयारी पुरा भएको छ । मिडिया इन्टरनेसनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा हुन लागेको कार्यक्रममा विभिन्न बैंकवित्त कम्पनीहरुले सूचनामूलक स्टल संचालनमा ल्याउने छन् ।  बैशाख १५ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम सूरु हुँदै छ । कार्यक्रमको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले समुद्घाटन गर्नेछन् । ३ दिनसम्म संचालन हुने उक्त एक्स्पोमा शेयरबजार र बैंकबारे विभिन्न जानकारी गराइने कार्यक्रम रहेको छ । शेयरबजार बारे जान्न चाहाने र शेयरमा लगानी गर्नचहाहानेका लागि कार्यक्रम थप उपयोगि हुने बताइएको छ । साथै यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, नेपाल राष्ट्र बैंकलेसमेत सूचनामूलक स्टलहरु संचालनमा राख्ने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिएका छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।