Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विश्वज्योती मोबाइल मार्टमा बैशाख भर मोबाइल साट्न पाइने

२०७४ बैशाख १२ गते

नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा शुरु भएको मोबाइल महोत्सव बैशाख महिना भरी सञ्चालन हुने भएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने बताइएको छ । 


विश्वज्योती मोबाइल मार्टले आफ्नो उपस्थितीको अवसर पारेर गत चैत ३१ गतेदेखि १० दिनसम्म मोबाइल महोत्सव शुरु गरेको थियो । सेवाग्राहीको उपस्थितीबाक्लो बनेका कारण महोत्सवलाई बैशाख महिना भरी सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाश मजर्हजनले जानकारी दिए ।