Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बढ्दो बैंकिङ व्याजदरलाई सम्बोधन गर्न अर्थमन्त्रीलाई सिएनआईको आग्रह

२०७४ बैशाख ८ गते

नेपाल उद्योग परिसंघ (सिएनआइ) ले बैंक व्याजदरलाई सम्बोधन गर्न अर्थमन्त्री कृष्णवहादुर महरासँग आग्रह गरेको छ । वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोधन आवश्यक भएको भन्दै सिएनआइले अर्थमन्त्री महरालाई भेटेर यस्तो आग्रह गरेको छ ।

२०७३ फागुनमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत केही नीतिगत सुधार गरे पनि वित्तीय प्रणालीमा कर्जाको अभावसँगै ब्याजदर समेत बढ्दै गएकाले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घट्ने सिएनआईको तर्क छ । यसले आयात बढ्ने, निर्यात घट्ने,  कुलगार्हस्थ उत्पादनमा संकुचन आउने  र रोजगारीका अवसरहरुमा ह्रास आउने हुँदा यथाशीघ्र त्यसलाई सम्बोधन गर्नुपर्ने सिएनआईको भनाई छ । सिएनआईले समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याज दरको असन्तुलन कम गर्न तथा निक्षेपकर्तालाई यथोचित प्रतिफल उपलब्ध गराई दीगो आर्थिक विकासका लागि सुलभ दरमा कर्जा प्रवाहको वातावरण सृजना गर्न मन्त्री महरालाई सुझाव दिएको छ । अर्थमन्त्री महराले सरकारले आर्थिक सुधारका कार्यलाई उच्च प्राथमिकता दिएकोले क्रमशः नीतिगत निर्णय गरिने आश्वासन दिएका छन् ।