Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैँकको सिईओमा श्रेष्ठ

admin २०७२ चैत्र २८ गते
सेयर:

kiran shresthaराष्ट्रिय बाणिज्य बैंकको संचालक समितिले किरण श्रेष्ठलाई कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नको लागि पत्राचार गरेको छ । कर्मचारी संचय कोषका सिइओ कृष्णप्रसाद आचार्यको राजीनामा अस्वीकृत भएपछि बैंकले श्रेष्ठलाई सोमबारबाट कार्यभार सम्हाल्नको लागि पत्रचार गरेको हो । बाणिज्य बैंकका अनुसार आइतबार श्रेष्ठलाई पत्रचार गरिएको हो । 

यसअघि बैंकले सिईओ पदका लागि आचार्यलाई पहिलो नम्बर र श्रेष्ठलाई बैकल्पीक दाबेदारको रुपमा सारेको थियो । तर कर्मचारी सञ्चय कोषमा प्रशासकको रुपमा कार्यरत आचार्यको राजीनामा अर्थमन्त्री विष्णु पौडेलले स्वीकृत गर्न नमानेपछि दोश्रो पंक्तिका दाबेदार श्रेष्ठ सिइओ बन्ने पक्का भएको हो । 

वाणिज्य बैंक ४ महिनादेखि  सिईओ विहिन अवस्थामा छ । नयाँ सिईओले कार्यभार सम्हालेसँगै यसअघि रोकिएका सबै काम सुचारु हुने वाणिज्य बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।