नुवाकोट जिल्लाको बट्टार बजारमा कर्पोरट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले बार्षिक केन्द्र प्रमुख गोष्ठीको अवसर पारेर २०७२ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक हासिलगर्ने २२ जिल्लाका ३३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि प्रति विद्यार्थी १२ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरेको छ । संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रममा आवद्व महिला सदस्यका सन्ततिलाई यो छात्रवृत्ति रकम वितरण गरेको होे ।
हाल ४४ वटा जिल्लामा सञ्चालित ६० शाखा कार्यालय मध्ये २२ जिल्लाका ३८ शाखा कार्यालयहरुमा संचालित समुहका झन्डै ३ हजार अगुवाहरु सम्मीलित एक दिने कार्यशाला गोष्ठीबाट ४० हजार भन्दा बढि परिवारमा वित्तीय साक्षरता उपलब्ध भई महिला सशक्तिकरणमा समेत ठुलो योगदान पुगेका ेसंस्थाका सिइओ राम हरि दाहालले बताए । गत चैत्र ११ गतेबाट शुरु भएको उक्त कार्यशाला गोष्ठी कार्यक्रममा विभिन्न सूचकका आधारमा उत्कृष्ट लघुवित्त कार्यक्रम सञ्चालन गर्ने २ सय भन्दा बढी महिला केन्द्रहरुलाई नगद पुरस्कार, प्रशंसा पत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।