Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
नेपाल राष्ट्र बैंक

अन्तर्राष्ट्रिय बैँकरहरुसँग गभर्नर डा. नेपाल 

२०७२ चैत्र २८ गते

chiranjeevi nepalनेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालको वित्तिय अवस्थाबारे अन्तर्राष्ट्रिय बैँकरहरुसँग छलफल गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैँकको संयुक्त आयोजना रहेको २०१६ स्प्रिङ मिटिङमा सहभागी हुन अमेरिका पुगेका गभर्नर डा. नेपालले बसाई अवधिभर त्यहाँका विभिन्न बैँकरहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहेर उनले अमेरिका लगायत विभिन्न समृद्ध मुलुकको बैँकिङ प्रणालीको बारेमा राम्ररी अध्ययन तथा अनुसन्धान गर्ने र नेपालको बैँक तथा वित्तिय क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न पहल गर्ने बताइएको छ ।

सम्मेलन अप्रिल १२ देखि १७ अर्थात् चैत्र ३० देखि वैशाख ५ गतेसम्म अमेरिकाको राजधानी वासिङटन डिसीमा हुँदैछ । सम्मेलनमा हजारौँ सरकारी अधिकारीहरु, पत्रकार, नागरिक समाज संगठनहरु र विभिन्न नीजिस्तरका अधिकारीहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलन विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय विकास र विश्व वित्तिय बजारको विषयमा केन्द्रित रहनेछ ।   

गत चैत्र २६ गते अमेरिका पुगेका डा. नेपाल सम्मेलनमा सहभागी भएर आगामी बैशाख ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।