Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विश्वज्योति मलमा खुल्यो मोबाइल मार्ट, १० दिनसम्म छुट र उपहारको व्यवस्था

admin २०७३ चैत्र ३० गते
सेयर:

नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो । सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ । 

बुधबार एक कार्यक्रमका बिच मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुवात गरिएको हो । आधा दर्जन बढी ब्राण्डका मोबाइल कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुले मोबाइल मार्टको संयुक्त रुपमा उद्घाटन गरेको बताइएको छ ।  

मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 

मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिङ पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौँ ।’,

महोत्सव अवधिमा १० हजार रुपैयाँभन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ । बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ ।

बुधबारदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् । विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सव पछि पनि मोबाइल मर्मतको सुविधा पाउने छन् । यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनु पर्ने अहिलेको बाध्यताबाट सेवाग्राहीले राहत पाउने विश्वास मोबाइल मार्टले लिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।