Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भोलिदेखि प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद सेयर

admin २०७३ चैत्र २९ गते
सेयर:

प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन भोलि (चैत ३० गते)देखि सुरु हुँदै छ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । 

प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ ।

३८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । हकप्रद समेत निष्काशन गरेपछि प्रभुको चुक्ता पूँजी ५७ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।