Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जनतामा गाभियो त्रिवेणी, भोलिदेखि एकीकृत कारोबार सुरु हुने

२०७३ चैत्र २४ गते

जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर भोलि (चैत्र २५ गते)देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरका लागि यी दुई बैंकले गत कात्तिक १७ गते सम्झौता गरेका थिए । 

एकीकृत कारोबारसम्बन्धी आवश्यक वित्तीय व्यवस्था मिलाउनका लागि चैत्र २४ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गरिने समेत जानकारी दिइएको छ । एकीकृत कारोबार सुरु गर्नका लागि चैत्र ६ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले चैत्र १३ गते अनुमति दिएको थियो ।  मर्जरपछि जनता बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । 

आठ अर्ब चुक्तापुँजी पुर्याउन जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । यी दुई बैंकबीच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । यसअघि जताले त्रिवेणीलाई गाभेर कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने निर्णय अघि सारेको थियो । तर, सिद्धार्थलाई खरिद गरेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले हकप्रद निष्काशनको निर्णयमाथि पुनर्विचार गरिने भएको छ ।