Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नेपाल बैंकले ल्यायो स्मार्ट कार्ड, साझा यातायातको भाडा तिर्ने सुविधा

२०७३ चैत्र २२ गते

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा हालै एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक  नेपाल बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको हो ।

नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो पटक हो । साझा बसमा यात्रा गर्ने नेपाल बैंक लिमिटेडका पहिलो ५०० जना ग्राहकहरुलाई यो कार्ड निशुल्क वितरण गरिने छ । हाल सो कार्डको प्रयोग साझा यातायातको लगनखेल देखि गोंगबु रुटमा चल्ने साझा बसहरुमा हुने र निकट भविष्यमा नै साझा यातायातको सम्पूर्ण रुटहरुमा चल्ने बसहरुमा यस किसिमको कार्ड प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।