सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा स्थापित गरेको छ । नवनिर्मित शाखाको समुद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीबाट संयुक्त रुपमा सम्पन्न भयो । उक्त शाखामा बैंकले एटीएम सेवा पनि संग–संगै संचालनमा ल्याएको छ ।
उक्त कार्यक्रमा बंैकका अध्यक्ष भण्डारीले सो शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताए । समारोहमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष त्रिपाठीले आफ्नो मन्तव्य राख्दै बैंकले लेखनाथ शाखालाई प्राथमिकता राखी स्थापना भएकोमा खुसी व्यक्त गरे । उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउँदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने बताए । साथै उनले बैंक तथा बित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउँ केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने बताए ।
हालसम्म बैंकले सबै शाखा कार्यालयमार्फत एक लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग एससीटी डेबिट कार्ड, संचयकोष, स्वेच्छिक कोष, उपदान कोष आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ ।